मिडियाबाजी डटकम काठमाडौं,भाद्र ९। पुर्बेली समाज काठमाडौं विश्वविद्यालयको तेस्रो कार्यकालको लागि आवेदन खुल्ला गरिएको छ।
वर्तमान पदाधिकारीहरूकाे एक बर्षे कार्यकाल यहि भद्र २५ गते सकिदै छ।यस समाजकाे सस्थापक सल्लाहकार प्रा डा. विवेक बराल, प्रा.डा. खगेन्द्र आचार्य र सल्लाहकारमा सहायक प्रोफेसर पुन्य कोइराला रहेका छन्। हाल यो समाजको अध्यक्षमा राेहन पराजुली , सचिवमा आयुष भट्टराई , उपाध्यक्षमा हेरिज विष्ट र प्रसना कुँवर सहसचिवमा प्रवेश कार्की , कार्यक्रम संयोजकमा सौगात गौतम रहेका छन् साथै सार्थक घिमिरे कम्युनिकेशन अफिसर, किसन अधिकारी मार्केटिङ हेड, दिपक यादव डिजाइन हेड, त्यसैगरी सदस्यमा रिटिक भट्टराई , बिक्रम बस्नेत , कन्चन अधिकारी , नितेश यादव रहेका छन्।
यो समाजले समाजका विविध उदेश्यहरू, विद्यार्थीहरूको हित र मर्म बुझेर सम्पूर्ण विद्यार्थीहरूकाे लागि उपयाेग हुने विभिन्न रचनात्मक कार्यक्रमहरू सम्पन्न गरिसकेका छन्। यो समाजमा हाल काेशी र मधेशकाे विद्यार्थीहरूको बाहुल्यता रहेतापनि काठमाडौं विश्वविद्यालयभरिका सबै विद्यार्थीहरूलाई एकताकाे भावनाले कार्यक्रममा सहभागि गराउँदै आएका छन्। विशेष गरी यो समाजले सामाजिक , शैक्षिक , साँस्कृतिक, आध्यात्मिक , खेलकुद तथा पर्यटन प्रबर्द्धन जस्ता कार्यक्रमहरू विद्यार्थीहरूमाझ सञ्चालन गर्दै आएको छ।