नागरिकता प्राप्तिको लागि जिल्ला प्रशासनबाट परिपत्र जारी

  असार १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १०।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैंले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सिफारिस गर्न वडा कार्यालयहरूलाई परिपत्र गरेको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेष्ठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको त्यही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हाे । नागरिक अनुसूचीमात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले परिपत्र गरेको हो ।

पढ्नुहोस् जिल्ला प्रशासनको परिपत्र

काठमाडाैंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकले आवश्यक सम्पूर्ण कागजपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ ।”कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र उनकाे बसाेबास नेपालभित्र रहेकाे यकिन गर्न पनि भनेको छ । जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपुर्जा (निवेदकको बाबुआमा नाम भएको ) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता प्रमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहेमा) स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए त्यसकाे निस्सासमेत संलग्न गराउन उल्लेख गरिएको छ ।परिपत्रमा कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा त्याे व्यहाेरालाई पुष्टि गर्ने अन्य कागजातहरू पनि समावेश गर्न परिपत्रमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर