मिडियाबाजी डटकम काठमाडौं, माघ १० । काठमाडौंको माइतीघरमा बाँकेबाट आएको एक हुल महिलाको जमात नारा लगाइरहेको छ । अपहरणपछि हत्या गरिएको निर्मला कुर्मीको न्यायको आन्दोलन गर्दै आएकि रुबी खानसहति ७ जनालाई प्रहरीले हिजो पक्राउ गर्यो । केही घन्टा प्रकाउपछि मानवअधिकारकर्मीको दबाबमा उनीहरुलाई छोडियो पनि । रुबी खान ति महिला हुन जसले बाँकेकी निर्मला कुर्मीको अपरण पछि हत्या भएको र त्यसमा कांग्रेस नेता तथा प्रदेश सांसद् बादशाह कुर्मीको प्रत्यक्ष हात छ भन्ने आरोप लगातार लगाइहेकी छिन् । उनी आफ्नो आरोपमा यति दृढ छिन् कि कसैको दबाब र प्रभावले त्यसलाई डगमगाउन सकेको छैन ।
काठमाडौंको सरकारलाई झकझकाउन रुबीहरु बाँकेदेखि काठमाडौंसम्मको पैदल यात्रा पनि गरे । खुट्टामा निल पर्ने गरी हिँडेर काठमाडौंमा आएर आन्दोलनसमेत गरेपछि सरकारले झुटो आश्वासन दियो कि आरोपीलाई समात्छौं । तर आरोपीलाई समात्नु त कता हो कता उल्टै सांसद्को टिकट पाएर जितेका समेत छन् र जघन्य अपराधमा आरोप लगाइराख्दा प्रहरी प्रशासनले उजुरी नै नलिएपछि आरोपी बादशाह कुर्मी निश्फिक्री हिँडिरहेका छन् ।
गत वर्षको कात्तिक २ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको टोलीले बुझाएको प्रतिवेदन छ । रेग्मीको टोलीले नेपालगञ्ज पुगेर अनुसन्धान गरेको थियो । उक्त प्रतिवेदनले समेत यस प्रकरणमा बादशाह कुर्मीको भूमिका शंकास्पद भएको उल्लेख गरिसकेको छ। अबको गृहमन्त्रीले त्यस प्रतिवेदनको कार्यान्वयन गरे मात्र पुग्छ । तर खै सरकार प्रशासन के हेरेर बसेको छ ?
गृहमन्त्री हुनु अघि संचारकर्मी हुँदा रवि लामिछाने आँफैले बादशाह कुर्मीलाई किन प्रकाउ गरिएन भनेर पटक पटक प्रश्न सोधेका थिए । तर अहिले उनी विधि पद्धतीका कुरा गरिरहेका छन् । गृहमन्त्रीले चाहेको खण्डमा निर्मला कुर्मीलाई तत्काल न्याय दिलाउन सक्छन् । देशकै उच्च पदमा पुगेका उनले स्टन्टबाजी गर्नुको साटो अपराधी समात्न तत्परता देखाउँदै निर्देशनमात्र दिएको भए आज रुबीहरु न्यानोमा सजिलो गरी आफ्नो मानो खाएर बसेका हुन्थे न कि माइतीघर मण्डलाको चिसो भूँइमा ।
यसपटक पनि गृहमन्त्री रबि लामिछानेले आन्दोलनमा समेत आएर आश्वासन त दिएका छन् तर देखिने गरी माँखो मारेका छैनन् । पटक पटक सरकारको आश्वासनमा परेर झुक्किएका रुबीहरु यस पटक वार कि पार गर्ने दाउमा छन् । उनीहको आन्दोलन दिनदिनै शसक्त बन्दै गएको छ । अन्य मानजवअधिकारकर्मी, नागरिक समाजको ऐक्यबद्धता जनताको साथ रुबीहरुलाई छ । तर गृहमन्त्री रबि लामिछाने भनेन निरिह देखिएका छन् । अपराध भ्रष्टाचार निर्मुल पार्छ भनेर सपथ खाएका गृहमन्त्री पीडितले नै आरोपी देखाउँदा समेत पक्राउ गरेर सामान्य सोधपुछ समेत गर्ने हिम्मत गरेका छैनन् ।सोधपुछको नाममा अकारण जनतालाई पक्राउ गर्ने प्रहरी प्रशासनले सांसद्लाई भने पक्राउ गर्ने आँट नगरेकै हुन त ? के अब गृहमन्त्रीको स्टन्टबाजी सकिएकै हो त ? यी सबै घटनाक्रमले रुबीहरु झनै सशक्त भएर आन्दोलनमा होमिएका छन् भने गृहमन्त्री निरिह बनिरहेका छन् ।