मिडियाबाजी डटकम काठमाडौं ,आश्विन ५।धादिङ । धादिङको थाक्रे गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय बेसीमल्डुङमा नि:शुल्क मोतियाबिन्दु छनोट आँखा शिविर सम्पन्न भएको छ ।
दृष्टि आँखा केन्द्र कलंकी काठमाडौं र थाक्रे गाउँपालिका वडा नं ३ को समन्वयमा वडा कार्यालय बेसीमल्डुङमा नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको हो । शिविरमा १५५ जना आँखा सम्बन्धि बिरामीहरूले स्वास्थ्य लाभ लिएका छन् ।
१५५ जना सहभागिहरूमध्ये ४५ जनालाई वडाद्धारा नि:शुल्क चस्मा वितरण गरिएको र २६ जनालाई अप्रेसन गर्नुपर्ने भएकोले अप्रेसन गर्दा लाग्ने सम्पूर्ण खर्चसमेत वडाले नै व्यहोर्ने थाक्रे ३ का वडा अध्यक्ष विजय तामाङले जानकारी दिए ।