मिडियाबाजी डटकम काठमाडौं, वैशाख ९ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
बाँके राप्तिसोनारी गाउँपालिका २ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा सुभाष जिसीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।