नाडाको अध्यक्षमा चौधरी सर्वसम्मत

  पुष ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, पौष ४। अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरूले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयास स्वरुप नाडाले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष चौधरीलाई सर्वसम्मत गरेका हुन्।नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएका छन् । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको छ । यस्तो सहमतिपछि अब आगामी पौष २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन् ।गोल्छा अहिले वरिष्ठ उपाध्यक्ष बस्ने र अर्को कार्यकालमा अध्यक्ष हुने गरी सहमति भएको नाडा स्रोतले जानकारी दिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर