मिडियाबाजी डटकम काठमाडौं,चैत ६। नयाँ वर्ष २०८० बैशाख १ (अप्रिल २३) तारिखका दिन राष्ट्रिय नाचघर जमलमा विविध सांस्कृतिक तथा विषेश सम्मान कार्यक्रम हुने भएको छ ।
रिपब्लिकन फाउन्डेसन(नेपाल)को आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा नेपालका विशिष्ट कलाकारहरू , सामाजिक व्यक्तित्वहरू,राजनीतिज्ञहरूको आतिथ्यता रहने फाउन्डेसनका अध्यक्ष, गायक, समाजसेवी तथा पत्रकार शान्त बहादुर शाक्यले जानकारी दिए।
नयाँ वर्ष २०८९ को आरम्भको पहिलो दिन आयोजना हुने उक्त कार्यक्रममा फाउन्डेसनका विशेष सल्लाहकार तथा भारतका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री माननीय रामदास आठवलेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ। यही कार्यक्रममा आठवलेज्यूको चार दिने भ्रमण समेत हुने भएको छ । भ्रमणको क्रममा नवलपरासी जिल्लाको केलादीमा रहेको करिब ३० रोपनीमा निर्माणाधीन बुद्ध शान्त पार्क अवलोकन, रिपब्लिकन फाउन्डेसन (नेपाल) को विधिवत् उद्घाटन वैशाख १ नाचघरमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहने लगायतका कार्यक्रमहरूको सेड्युल रहेको छ।
केलादीमा निर्माण हुने बुद्ध शान्त पार्कको नक्शा:-
“इंटरनेशनल लर्ड बूंद ऐड आंबेडकर विचार प्रेरित शिक्षा, स्वास्थ्य, रोगजगार र सामाजिक प्रगति मुल नागरिक अभियान” भन्ने मुल नाराका साथ यो कार्यक्रमलाई बुद्ध शान्त पार्क निर्माण समितिद्वारा संचालित हुन लागेको हो। रिपब्लिकन फाउन्डेशन (नेपाल) को आयोजनमा नेपाली नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक एवं सम्मान कार्यक्रममा सभापति यस संस्थाका अध्यक्ष श्री शान्त बहादुर शाक्यका अनुसार रामदास आठवलेज्यूको चार दिने नेपाल भ्रमण कार्यक्रम तय गरिएको छ।
भारतीय संविधानको निर्माता डाक्टर भिमराव राम्जी अम्बेडकरको जन्मदिनको अवसरमा उहाँले राख्नुभएको बुद्ध धर्म सम्बन्धी विचारसँग प्रेरित भई शिक्षा, स्वास्थ्य, रोजगार,जातिय भेदभावको अन्त्य, पर्यटन प्रवर्द्धन र सामाजिक प्रगति नागरिक फाउन्डेसनको मुल उद्देश्य रहेको अध्यक्ष शान्त बहादुर शाक्यले मिडियाबाजी डटकमलाई जानकारी दिए।