स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता

  फागुन ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन ८ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी- २० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर