रोलबल खेलाडीहरूलाई पत्रकार सम्मेलन गरी बिदाई

  बैशाख ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख ५। अन्तर्राष्ट्रिय रोलबल महासंघद्वारा यहि आउँदो अप्रिल २१ – २६, २०२३ तारिखमा भारतको पुने शहरमा छैटौँ रोलबल वर्ल्ड कप आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने महिला तथा पुरुष टोलीलाई आज दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सभा हलमा पत्रकार सम्मेलन गरी परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहितले बिदाई गरेका छन् ।

पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, बिदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान के सि रहेका छन्। त्यसैगरी महिला टोलिमा पासाङ् यङ्जी शेर्पा (कप्तान), बितिशा महर्जन, प्रेसीका बोहोरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुषा बलामी, रीभा महर्जन, सुनिचा भाजु, अनूप्रिया तन्डुकार र रिती श्रेष्ठ रहेका छन् ।

नेपाल रोलबल संघका अध्यक्ष वीर कृष्ण महर्जनको नेत्रृत्वमा यसै संघका महसचिव डिकेश प्रधान, प्रशिक्षक सुनिल धागे, ब्यवस्थापक शान्त बहादुर शाक्य र डाक्टर मनिष कुमार शाह खेलाडी टोलीसँग बिहीबार भारत प्रस्थान गर्ने भएका छन्। यो प्रतियोगितामा सहभागिका लागि होन्डा नेपाल तथा रिपब्लिकन फोउन्डेशन (नेपाल) ले साथ दिने कुरा मिडियाबाजी डटकमलाई जानकारी प्राप्त भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर