मिडियाबाजी डटकम काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । जसमध्ये तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । आज (मंगलबार) बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
पार्टी सभापति रवि लामिछानेको अध्यतामा बसेको बैठकले तोसिमालाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।यस्तै, डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने र शिशिर खनाललाई शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।
सत्ता साझेदार दलहरुबीच भएको सहमतिमा रास्वपाले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने भएको हो । जसमध्ये पार्टी सभापति लामिछाने उपप्रधान सहित गृहमन्त्री भइसकेका छन् ।