माघ २, काठमाडौँ । भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ । भारतले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । उक्त सूचीअनुसार अहिले पेट्रोलको मूल्य बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । पुस २४ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३, ३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।