आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

  असोज २८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २८ ।आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

भारतको जितमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए।
केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
पाकिस्तानले २० अक्टोबरमा अष्ट्रेलियासँग खेल्नेछ। भारत र न्युजिल्यान्डको समान ६ अंक छ।
आज इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर