दीपक–दीपा अब हल सञ्चालक पनि

  भदौ २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २९ ।  काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले आज बिहान हल उद्घाटन गरेका हुन् । हलको उद्घाटनपछि उनीहरूले आईएनआई सिनेमा हलले चलचित्र क्षेत्रको श्रीवृद्धिमा थप योगदान पुर्‍याउने बताए । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्‍याएको भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान खेल्ने विश्वास लिएको उनीहरूले बताए । हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुनेछन् हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर