बालेनले दिए भारतीय फिल्मलाई तीन दिने अल्टिमेटम

  जेठ ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ ३२। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बलिउड चलचित्र ‘आदिपुरुष’ मा रहेको संवाद नहटाएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चलाउन नदिने बताएपछि ठुलो तरङ्ग सिर्जना भएको छ ।

शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसलाई नहटाएसम्म महानगरभित्र हिन्दी चलचित्र नै चल्न नदिने घोषणा गरेका हुन् ।सेन्सर बोर्डले भने उक्त संवाद काटेर मात्र चलचित्र रिलिज गर्ने अनुमति दिएको स्पष्ट पारको छ । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले उक्त संवाद काटेर रिलिज अनुमति दिएको मिडियाबाजी डटकमलाई जानकारी दिए ।

उनले लेखेको फेसबुक स्टाटस

उनका अनुसार बुधबार साँझ चलचित्रको सेन्सर भएको थियो ।उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौँ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस।’

तपाईंको प्रतिक्रिया

थप खबर