के हो बाग्मतीमा लागू भएको ७० प्रतिशत ट्रायल?

  फागुन ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,फागुन ३। बाग्मती प्रदेशमा यही फागुनबाट लागू भएको ७० प्रतिशत अंक ल्याएमा ट्रायल उत्तीर्ण हुने कुरा अहिले सम्पूर्ण व्यक्तिहरूको गहिरो चासोको विषय बनेको छ।
के हो त खास मापदण्ड बुझनका लागि तलको जानकारीहरू ध्यान दिएर पढ्नुहोस्:


चारपाङ्ग्रे सवारी हलुका ( बी) वर्गको लागि :-
१. विद्यार्थीको सवारी चलाउनु पूर्वको व्यवहार तथा पूर्व तयारीको लागि -३ अंक।
२. सिट बेल्ट नलागाई चलाएमा – ४ अंक।

३.अस्वभाविक गतिमा सवारी चलाएमा – ३ अंक।

४. घुमाउरो आठको अंकभार जम्मा -२० अंक हुने ।
पहेँलो रेखा टुई पटक सम्म छोएमा पटकको ५/५ काटिने छ तेस्रो पटक छोएको अनुत्तीर्ण हुने ।

५. स्पिड ब्रेकरको जम्मा अंकभार- १० हुने ।
एकपटक स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ दोस्रो पटक स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुने।

६.यु टर्नको जम्मा अंकभार – १० हुने ।
साईड लाईट नबालेमा वा विपरित दिशामा बालेमा ५ अंक काटिनेछ यु टर्नको पहेंलो रेखा छोएमा स्वत: अनुत्तीर्ण हुने।

७. ट्राफिक लाइटको अंकभार -१५ हुने।
ट्राफिक संकेत उल्लङ्घन गरेमा १५ अंक काटिनेछ तर परीक्षार्थी अनुत्तीर्ण भने हुनेछैन।
८. उकालो ओरालोको अंकभार -१५ हुने ।
उकालो ओरालोको रोक्दा पहेँलो रेखा छोएमा स्वत: अनुत्तीर्ण हुने
एक पटक स्टार्ट बन्द भएमा वा ६ इन्च पछाडी हटेर पहेंलो रेखा नछोएमा परीक्षार्थी उत्तीर्ण हुने।

९. एल ब्याकको जम्मा अंकभार – २० हुने।
पहेँलो रेखा छोएमा स्वत: अनुत्तीर्ण हुने
जम्मा अंकभार १०० मा ७० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ ।


मोटरसाइकल/स्कुटर (ए) र (के) वर्गको लागि :-
१. विद्यार्थीको सवारी चलाउनु पूर्वको व्यवहार तथा पूर्व तयारीको लागि -३ अंक।
२.हेल्मेटको फिता वा लक नबाँधेमा -४
३.अस्वभाविक गतिमा सवारी चलाएमा – ३ अंक।
४. घुमाउरो आठमा एकपटक खुट्टा टेकेमा ५ काटिनेछ वा एकपटक भन्दा बढी टेकेमा स्वत: अनुत्तीर्ण हुनेछ पहेंलो रेखा एकपटक छोएमा ५ अंक काटिननेछ दोस्रो पटक छोएमा अनुत्तीर्ण हुनेछ।
५.साँघुरो फ्ल्याकको अंकभार-१० हुने
खुट्टा टेकेमा वा फ्ल्याकबाट बाहिर गएमा स्वत: अनुत्तीर्ण हुने।
६. साईड लाईट वा यु टर्नको अंकभार -१० हुने ।
साईड लाईट नबालेमा वा विपरित दिशामा बालेमा ५ अंक काटिनेछ यु टर्नको पहेंलो रेखा छोएमा स्वत: अनुत्तीर्ण हुने।
७.ट्राफिक लाइटको अंकभार -१५ हुने।
ट्राफिक संकेत उल्लङ्घन गरेमा १५ अंक काटिनेछ तर परीक्षार्थी अनुत्तीर्ण भने हुनेछैन।
८. स्पिड ब्रेकरको जम्मा अंकभार- १० हुने ।
एकपटक स्टार्ट बन्द भएमा वा खुट्टा टेकेमा ५ अंक काटिनेछ दोस्रो पटक स्टार्ट बन्द भएमा वा खुट्टा टेकेमा परीक्षार्थी स्वत: अनुत्तीर्ण हुने।
९.उकालो ओरालोको अंकभार -१५ हुने ।
उकालो ओरालोको रोक्दा पहेँलो रेखा छोएमा स्वत: अनुत्तीर्ण हुने
एक पटक स्टार्ट बन्द भएमा वा ६ इन्च पछाडी हटेर पहेंलो रेखा नछोएमा परीक्षार्थी उत्तीर्ण हुने।

माथिको जानकारी सवारी प्रशिक्षक किशोर गिरीबाट प्राप्त भएको हो उनी विगत एक दशकदेखि निरन्तर यही पेशामा आवद्ध छन्। उनले भक्तपुर मोटर ड्राइभिङ सेन्टर प्रा.लि . किर्तिपुर शाखा सञ्चालन गर्दै आईरहेका छन् । यहाँरू पनि सिप सिकेर स्वरोजगार बन्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस् ।

किशोर गिरी:-(९८५१०७९३०४/९८०३२८८५१४)।

तपाईंको प्रतिक्रिया

थप खबर