कालिन्चोक दर्शनको आइपीओ मंगलबार देखि बिक्री खुला हुने

  माघ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ १ । कालिन्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आइपीओ मंगलबार देखि बिक्री खुला हुने भएको छ । चोपन्य्ले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् ।

कम्पनीले जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । जसमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ। यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर