चलचित्र ‘घर ज्वाइँ’को सुटिङ माघ तेस्रो सातादेखि सुरू हुँदै

  श्रावण २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २९ ।  जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाइँ’ बन्ने भएको छ ।

चलचित्रको सुटिङ भने माघ तेस्रो सातादेखि गर्नेगरी सबै तयाारी पूरा भएको निर्माता जनक घर्तीमगरले जानकारी दिए ।

निर्माता घर्तीमगरका अनुसार चलचित्रलाई अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्तीमगरले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर