महानगरको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

  पुष ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं पौष ३०। काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ। नागरिकले कामपाको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन्।

सुरु ॐसुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो। तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। ‘चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ’, विभागका प्रमुख थापाले भने।

तपाईंको प्रतिक्रिया

थप खबर