मिडियाबाजी डटकम काठमाडौं, बैशाख ३० । काठमाडौं महानगरपालिकाभित्र अब २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा पाइने भएको छ ।
महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
साहले सामाजिक सञ्जालमार्फत निशुल्क सेवा पाइने जानकारी दिएका हुन् ।
‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निस्शुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन,’ उनले लेखेका छन् ।