प्रेमर्षि अनुवादित ‘पुरुष-परीक्षा’ लोकार्पित

  श्रावण २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,श्रावण २७। साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिद्वारा अनुवादित र सम्पादित पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक तथा लोकार्पित भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी अध्यक्ष मोमिला, अनुवादक प्रेमर्षि स्वयं तथा अन्य अतिथिहरूले उक्त कृतिको विमोचन गरेका हुन् ।

चौँवालीस कथाको यस सङ्ग्रहलाई अम्बर प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रममा वक्ताको रुपमा भाषाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति रामावतार यादव, समालोचक महेश पौड्याल , केपी शर्मा ओली, विश्व प्रकाश शर्मा आदि अतिथिहरूले आफ्ना मन्तव्य राखेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर