बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा आउने

  चैत २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २९ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने भएका छन् । बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको हो ।

नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने भएको हो । वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने छ ।

हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ ।

तपाईंको प्रतिक्रिया

थप खबर