शेयर बजार ४१ अंकले घट्यो, ४ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत !

  पुष २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २८ । सेयरबजारमा बिहीबार गिरावट आएको छ । बजार परिसूचक नेप्से ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा आइपुगेको हो । योसँगै बजारमा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअनुसार २५२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर बिक्री भएको हो । साताको अन्तिम कारोबार दिन २१ कम्पनीको सेयर मूल्य बढे पनि १८४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ । कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो, वाराही हाइड्रो र एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन् । आज लगानीकर्ताहरुले ९.१८ प्रतिशतसम्म गुमाएका छन् । बिहीबार शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाखको सेयर कारोबार भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर