मिडियाबाजी डटकम काठमाडौं, मंसिर २५। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पाँच लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी दिएको छ ।
दम्पति बिमा योजना अन्तर्गत पाँच लाख रुपैयाँको बिमामा श्रीमान्को मृत्यु भएकोमा उक्त बिमालेख बापतको रकम मृतकको श्रीमतीले प्राप्त गर्नेमा श्रीमती उपस्थित हुन नसकेपछि मञ्जुरीनामा लिई मृतकका नैकाप बस्ने छोराले सो बिमालेख बापतको पाँच लाख रुपैयाँ दाबी भुक्तानी लिएका हुन्।
दम्पति योजनामा एउटा बिमा लेखले दुवै श्रीमान् श्रीमतीको जोखिम बहन गर्दछ जसमा कुनै एकको मृत्यु भएमा बिमाङ्क बराबरको रकम भुक्तानी गरिएको कलंकी शाखा प्रमुख रामचन्द्र (आरसी) घिमिरेले मिडियाबाजी डटकमलाई जानकारी दिए। अब उक्त बिमाको सम्झौताबमोजिमको करार अवधि सकिएपछि पूरा बोनससमेत प्राप्त हुनेछ। नेशनल लाइफ नेपालको सबैभन्दा पुरानो , सबैभन्दा अधिकतम् बोनस रकम दिने नेपालको एकमात्र अग्रणी जीवन बिमा कम्पनी हो।