मिडियाबाजी डटकम काठमाडौं, मंसिर २५ । पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको छ ।
निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।
‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ,’ सुबेदीले भनेका छन्, ‘चलचित्रले सेन्सर बोर्डबाट पाएको अत्यन्तै उत्कृष्ट प्रतिकृयाप्रति नतमस्तक छु ।’