मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित नेतृत्व पाउने छ । कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्र सुधार भैरहेको दाबी गरे ।