मिडियाबाजी डटकम काठमाडौं,माघ२८। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका अन्य स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताएका छन् ।
शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक अन्य स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।