मिडियाबाजी डटकम काठमाडौं, बैशाख २७। हिजोबाट ३ कम्पनी मर्जरपछि एकिकृत कारोबार गरेको हिमालयन लाइफको एकीकृत कारोबारपछिआज बसेको संचालक समितिको बैठकले तीन वटै कम्पनीहरूबाट २/२ जना रहने गरी सञ्चालक समितिको गठन गरिएको छ ।
साबिक यूनियन लाइफबाट शुलभ अग्रवाल र जीवन कुमार अग्रवाल त्यस्तै, साविक गुराँस लाइफबाट विवेक दुगड र सौरभ दुगड त्यसैगरी, साविक प्राइम लाइफबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला के.सी गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा साविक यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्ण नियुक्त भएका छन्।साथै लगत्तै बसेको बैठकले शुलभ अग्रवाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ भने सोही बैठकले कम्पनीको सचिवमा इश्वर कुमार सेंढाइलाई नियुक्त गरेको कम्पनीले मिडियाबाजी डटकमलाई जानकारी दिएको छ ।