लगातार घाटामा रहेको कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति किन दियो ?

  जेठ २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,जेष्ठ २६।लगातार तीन वर्षदेखि घाटामा रहेको नेपाल रिपब्लिक मिडियाले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले यस्तो अवस्थामा कसरी आईपीओ निष्काशनको लागि अनुमति दियो यो निकै गम्भीरताको विषय रहेको छ।कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा १ लाख ७४ हजार १२० कित्ता कम्पनीका कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर जारी गरेको छ । ३५ लाख २५ हजार ९३० कित्ता सेयर भने सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ‘आइआरएन बी प्लास’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।कम्पनीले प्रकाशित गरेको विवरण पत्र हेर्दा अझै लामो समय सेयरधनीले लाभांश पाउने सम्भावना छैन । विगत ३ आर्थिक वर्षदेखि नोक्सानमा रहेको कम्पनी अझै ३ वर्ष नाफामा जान सक्ने अवस्था देखिँदैन ।

कम्पनीले आईपीओ निष्कासन गर्नुपूर्व नै यसको चर्चा निकै चुलिएको छ । चर्चा हुनुको मुख्य कारण कम्पनीको वित्तीय अवस्था नै हो । लामो समयदेखि नोक्सानमा रहेको, कम्पनीमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको र तलब पाऊँ भन्दै पटक-पटक कर्मचारीले आन्दोलन गरेको कम्पनीले आईपीओ निष्कासन गर्न थालेपछि यसबारे आमचासो बढेको हो।रिपब्लिक मिडिया आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ नोक्सानमा छ । आव २०७९/८० को असार मसान्तसम्म कम्पनी नाफामा जाने सम्भावना छैन ।

नोक्सान भने केही घटाएर ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ हुन सक्ने कम्पनीको प्रक्षेपण रहेको छ ।आगामी २ वर्षसम्म पनि कम्पनी नाफामा नजाने देखिन्छ । कम्पनीले गरेको प्रक्षेपण हेर्ने हो भने आगामी आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ नोक्सानीमा रहनेछ भने आव २०८१/८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ नोक्सानमा रहने प्रक्षेपण गरिएको छ ।यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि चालू आवको चैत मसान्तसम्ममा ७ रुपैयाँ २२ पैसा छ । आवको अन्त्यसम्ममा १ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ ।

यस्तै आव २०८०/८१ मा ५ रुपैयाँ ५५ पैसा र आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा हुने प्रक्षेपण छ । अहिले प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेको कम्पनीबाट आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा आम्दानी हुने देखिन्छ ।त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवको चैत मसान्तसम्म ८६ रुपैयाँ १३ पैसा छ । आवको अन्तिमसम्ममा ९९ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण छ ।

यस्तै आव २०८०/८१ मा १०७ रुपैयाँ ९४ पैसा र आव २०८१/८२ मा १२० रुपैयाँ ४१ पैसा रहने प्रक्षेपण गरिएको छ । त्यस्तै, २०८०–८१ म ५ करोड ३६ लाख रुपैयाँ र २०८१—८२ मा ९ करोड ३४ लाख ५६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, यसअघिका ३ आर्थिक वर्षहरूमा भने कम्पनीले घाटा मात्रै व्यहोर्दै आइरहेको विवरणमा देखिन्छ । यस्तै, आव २०८१–८२ सम्म कम्पनीको जगेडा कोष ऋणात्मक नै रहने प्रक्षेपण छ । यसरी लगातार ऋणात्मक गतिमा बढीरहेको कम्पनीमा लगानी गर्नु लामो समयको लागि जोखिमपूर्ण रहेको लगानीकर्ताहरूको गुनासो गरेका छन्। ल

तपाईंको प्रतिक्रिया

थप खबर