शिक्षकको लापरवाहीले विद्यार्थीले ज्यान गुमाइन्, सिराहको मिर्चैया तनावग्रत

  पुष २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । सिराहको मिर्चैया मा शिक्षकको लापरवाहीले एक विद्यार्थीले ज्यान गुमाएकि छिन् । मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयकी एक शिक्षिकाले विद्यार्थीलाई पानी सम्झेर स्प्रीट खुवाउँदा मृत्यु भएको छ । अहिले उनको सहपाठी र आफन्तहरूले विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ती शिक्षिकालाई कारबाहीको मागसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

शुक्रबार विद्यालयमा पढ्न गएकी सिराहा नगरपालिका–११, भलुवाहीका धर्मेन्द्रकुमार महराकी १५ वर्षीया छोरी सिर्जनाकुमारीलाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाएको परिवारको आरोप छ ।

अवस्था नाजुक हुन थालेपछि सिर्जनालाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरियो । शनिबार राति ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । डा। साहले सिर्जनाको शरीरमा विषजन्य पदार्थ गएको देखिए पनि यथार्थ कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने बताए । प्रहरी टोली अस्पतालमा पुगेको छ । मृतक किशोरीको शव पोस्टमार्टमका लागि सिरहा लैजाने तयारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर