मिडियाबाजी डटकम काठमाडौं, बैशाख २४।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको वन तथा वातावरण मन्त्रालय मात्रै रिक्त भएको छ ।
वन मन्त्रालय जसपालाई परेकाले पार्टीले नै निर्णय गरेर पठाउने भएको हो । ‘वन मन्त्रालय जसपाको भागमा परेको छ । जसपाले उपेन्द्र जीलाई पठाउन कि अरूलाई पठाउँछ जसपाले निर्णय गर्ने भयो’ ति सचिवालय सदस्यले भने, ‘जसपाले आजै नाम पठाए आजै शपथ हुन्छ ।’नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएपछि नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।
रिक्त भएको वन मन्त्रीको नाम जसपाले पठाए लगत्तै मन्त्रालय फुलफिल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।एक मन्त्रालय प्रभु साह वा अमेरशकुमार सिंहमध्ये एक जनालाई सरकारमा समेट्ने तयारी गरिएको थियो । अन्तिममा सत्ता गठबन्धनभित्रै भागबण्डा नपुगेपछि प्रभु र अमेरशकुमारले भाग नपाउने भएका हुन् ।