मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । चरा गणना शनिबारबाट सुरु हुँदैछ। नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना एसियन वाटरवर्ड काउन्ट शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ, विजयपुर, कर्णाली, महाकाली, पश्चिम राप्तीलगायतका १५ वटा नदी प्रणालीको २७ स्थानमा यो गणना हुनेछ। त्यहाँका सिमसार क्षेत्रमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारबाट यस्तो गणना हुँदै आएको छ।