मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २३ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं नै फर्किएको छ ।
जहाजमा समस्या देखिएपछि जहाजलाई पुन काठमाडौं नै फर्काइएको जानकारी दिइएको छ ।
जहाजको ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको हो । प्रेसराइज भन्नाले जहाज भित्र र बाहिरको अक्सिजन लेभल मेन्टेन गर्ने सिस्टम हो ।