मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण मृत्यु भएको हो ।
खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ ।