भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने

  कार्तिक १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १९ ।  भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् ।

विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर