मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ । भूकम्प पछि घर भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जाजरकोटका डीएसपी सन्तोष रोकायले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।