मिडियाबाजी डटकम काठमाडौं, वैशाख २१ । अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पछिल्लो एक हप्तादेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विहीबार पनि विहानैदेखि काठमाडौंमा हल्का पानी परिरहेको छ । तर आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् ।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्नेछ ।