धादिङको थाक्रे गाउँपालिका निवर्तमान उपाध्यक्षको कब्जामा

  चैत २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,चैत २१। धादिङ जिल्लाको थाक्रे गाउँपालिकालाई निवर्तमान उपाध्यक्ष अम्बिका रुपाखेतीले अवैध रुपमा कब्जामा पार्ने कोशिश गरेकी छिन् ।

पालिका अध्यक्ष विदेश भ्रमणमा रहेका कारण हाल कार्यबाहक अध्यक्ष वर्तमान उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी)लाई सुम्पेको अवस्था छ तर आज दिउँसो गाउँपालिका अध्यक्षको कार्यकक्षमा प्रवेश गरि गरेको हर्कतले कार्यलयका कर्मचारी तथा उपाध्यक्ष स्थानीय सबै चकित परेका छन् । उनले अनधिकृत रुपमा पालिका कार्यलयमा प्रवेश गरि फाईलहरू खोजतलास गरेको समेत एक कर्मचारी बताउँछन् । रुपाखेतीले थाक्रेमा सञ्चालित अवैध क्रसर तथा खानी बन्द हुनेभएपछि पालिकाको प्राङ्गाणबाट थापालाई व्यङ्ग्य गर्दै लोकप्रियताको लागि यस्तो फेसबुक स्टाटस समेत लेेखेकी छिन्।

पढ्नुहोस् :-

आफ्नो कार्यकालमा निकै विवादित बनेकी उनी गत चुनावमा हारेको कारणपनि उनी निकै बिचलित भएकी हुन् । थाक्रेको निवर्तमान उपाध्यक्ष भएपनि उनको रवैया अध्यक्षको भन्दा बढी रहेको र थाक्रेमा नेकपा एमाले फुटमा ल्याउन र अल्पमतमा पार्न उनकै विवादका कारण रहेको जानकारहरू बताउँछन् ।

पारिवारिक भ्रमण (तेल भिषा) मा अमेरिका जाँदा समेत ठुलो तामझामका साथ विदाइ भएका अध्यक्षले छोरालाई पालिकाको गाडी सुम्पिएको खबर बाहिरिएको तहल्का सेलाउन नभ्याउँदै भु.पु .उपाध्यक्षले अध्यक्षको कुर्सी संहालेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू पोष्ट गरेको देखेपछि नागरिकहरू ताज्जुब मानिरहेका छन् ।

थाक्रेमा गठबन्धनको बहुमत हुँदापनि उनले उपाध्यक्षलाई छायामा पार्न खोजेकी छिन् । हरेक गतिविधिहरूमा आफुलाई सर्वेसर्वा मान्ने गरेकोे स्थानीयहरूको गुनासा रहेका छन् । थाक्रेको यो विषयमा सरोकारवालाहरू किन मौन रहेका छन् प्रश्नहरू उब्जिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर