पक्राउ परेका सांसद चौधरीलाई कैलाली अदालतमा पेस गरियो

  माघ २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २० । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा पेस गरेको छ । फरार प्रतिवादीको सूचीमा रहेका चौधरीलाई बिहीबार पक्राउ गरेर काठमाडौँ ल्याएर धनगढी लगिएको थियो ।

आगजनी मुद्दामा दोषी ठहर फरार रहेका प्रतिवादी चौधरी गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट सांसद पद जितेका थिए । लु २ त २११ नम्बरको ट्याक्टरलाई चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लिएर फर्किने क्रममा सांसद अरुण चौधरी लगायतले चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो लगाएका थिए । त्यसविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो । अदालतले चौधरीबाट आठ लाख १९ हजार ४२३ रुपैयाँ असुल्न आदेश दिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर