नेपाल टि-२० : फिक्सिङबारे छानविन गर्न सिआइबीलाई गृहको निर्देशन

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । नेपाल टि-२० लिगमा खेल मिलेमतो म्याच फिक्सिङ बारे प्रश्न उठिरहेको अवस्थामा गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी लाई छानविनका लागि निर्देशन दिएको छ । टियु मैदानमा जारी नेपाल टि२० लिगमा खेलाडीलाई खेल मिलेमतोको लागि प्रस्ताव आएको र प्रतियोगितामा संलग्न कमेन्टेटरले नै खेल मिलेमतोको आशंका गरेपछि गृहले मंगलबार उक्त निर्देशन दिएको हो । सुरुवातदेखि नै निकै विवादमा रहेको प्रतियोगितामा मंगलबार खेलाडीले पारिश्रमिक नपाएको कारण खेल नै निकै ढिलो सुरु भएको थियो ।

क्यानले खेलाडीलाई साँझसम्म रकम व्यवस्था गर्ने बताएपछि खेल ९ ओभरको खेलाइएको थियो । यता क्यानले कमर्सियल र स्ट्राटेजिक पार्टनर बनाएको सेभेन थ्री स्पोर्ट्सका मालिक नै सम्पर्कविहिन रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले स्वीकार गरेपछि लिग नै अन्यौलमा रहेको थियो । तर क्यान पदाधिकारीले खेलाडीलाई पारिश्रमिक पाउनेमा विश्वस्त रहन भनेपछि खेल संचालन भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर