छोराको सोह्रौं जन्मदिनको अवसरमा बरालले गरे चलचित्र निर्माण गर्ने घोषणा

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,पौष १९। लोकप्रिय तथा चर्चित आधुनिक गायक यम बरालले हिजो आफ्नो छोरा आरोग्य बराल १६ वर्ष (स्वीट सिक्सटीन) लागेको अवसर पारेर चलचित्र ‘तिमीलाई सम्झिंदा’ निर्माण गर्ने घोषणा गरेको छन्।

यम्मी ईन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा नयाँ कलाकारहरूलाई समावेश गर्ने उनले बताए। छोरा आरोग्य हिजो जनावरी दुईबाट सोह्र वर्षमा प्रवेश गरेका हुन्। शिवम् अधिकारीले चलचित्रको पटकथा तथा संवाद लेखिरहेका छन् ।

इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा चलचित्रको छायांकन गर्ने तयारी रहेको छ । आरोग्यले यसपाली एस ई ई दिँदै छन् ।चलचित्रको बारेमा थप जानकारी पत्रकार सम्मेलनमा दिने बरालले मिडियाबाजीलाई बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर