फिल्म निर्माण गर्दै चर्चित गायक यम बराल

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौ पौष १९। चर्चित आधुनिक गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् ।

झण्डै तीन दशकअघिको चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर फिल्म निर्माण गर्न लागिएको हो ‌। गितको स्थायी ‘ तिमीलाई सम्झिंदा’ शीर्षकमा रहेर फिल्म निर्माण गरिने भएको हो ।अमेरिकामा बसोबास गरिरहेका डेभिड लाम्नागेसँग मिलेर बरालले फिल्म निर्माणमा सहकार्य गर्दैछन् ।

इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा फिल्म छायांकन गर्ने तयारी छ । भोला सुवेदी फिल्मका निर्माण नियन्त्रक रहनेछन् ।फिल्ममा नयाँ कलाकारलाई प्राथमिकता दिने सोच रहेको गायक बरालले बताए । ‘बादलुको घुम्टोले गीतको अहिलेसम्म म्युजिक भिडियो बनेको थिएन । धेरैले भिडियो बनाउन सुझाउनुभयो । तर मलाई फिल्म निर्माण उचित लाग्यो र काम थालेका छौं,’ वरालले मिडियाबाजी डटकमसँग भने।

शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन् । निर्देशक र कलाकार तय हुन बाँकी रहेको फिल्मको दुई सातामा पत्रकार सम्मेलनमार्फत आधिकारिक घोषणा गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर