मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् । उनलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि समय सकिएकाले हाजीरी जमानीमा उनलाई रिहा गरिएको हो ।
फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’ का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।