अख्तियारले मानिस पहिचान गरी खबर गरेमा पचास हजार पुरस्कार दिने

  पुष १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं पौष १८।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ- जसमा लेखिएको छ मानिस पहिचान गरेमा पचास लाख पुरस्कार दिने ।

फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ।एउटा व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट जारी भएको सूचनामा उल्लेख छ।त्रिविले लिने परीक्षाका उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर उनले त्रिविको खातामा रहेको २६ लाखभन्दा बढी रकम काठमाडौंका बैंकबाट झिकेको भन्दै अख्तियारमा मुद्दा परेको थियो।

पढ्नुहोस् सूचना

यो घटना २०७५ सालअघिको हो।अख्तियारले अनुसन्धानमा सहयोग पुगोस् भनेर यी पुरूषको पहिचान खोजेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले मानिस पहिचानका लागि सूचना निकाल्नुपरेको मिडियाबाजी डटकमलाई बताए।‘कुन मुद्दाको अनुसन्धानका लागि हो भनेर खुलाउन मिल्दैन। तर यहाँ आएका कुनै मुद्दाका लागि मानिस पहिचान गर्न हामीले सूचना निकालेका हौं,’ उनले भनेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर