मिडियाबाजी डटकम काठमाडौं, भाद्र १५ । आईसीसी टी–ट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको हो । मलेसियामा जारी खेलमा बहराइन नेपालसँग १० विकेटले पराजित भएको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब गरेको हो । यसअघि पहिलो खेलमा नेपालले घरेलु टीम मलेसियालाई पाँच रनले हराएको थियो ।