मिडियाबाजी डटकम काठमाडौं, भाद्र १५ । चीनसँगको तातोपानी नाका सर्वसाधारणका लागि खुला भएको छ । आठ वर्ष पाँच महिनापछि नाका सर्वसाधारणका लागि खुलेको हो । सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउनेछन् । जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ।