मिडियाबाजी डटकम काठमाडौं,चैत १८। बुद्ध शान्त पार्क निर्माण समिति तथा रिपब्लिकन फाउन्डेसन नेपालको आयोजनामा हुन लागिरहेको “विविध सांस्कृतिक तथा सम्मान कार्यक्रम २०८०” को पत्रकार सम्मेलन तथा ‘प्रेस भेटघाट’ कार्यक्रम सम्पन्न भएको छ।
पत्रकार सम्मेलन तथा प्रेस भेटघाट कार्यक्रम रिपोर्टर्स क्लबमा सम्पन्न भएको हो। कार्यक्रममा फाउन्डेसनको अध्यक्ष शान्त बहादुर शाक्यले विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिने बताए। त्यसैगरी फाउन्डेसनका महासचिव प्रकाश सुवेदीले यही नयाँ वर्षमा हुने भारतीय केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री रामदास आठवलेको नेपाल भ्रमणको तथा त्यसबाट नेपाल र भारतको साँस्कृतिक सम्वन्धमा हुने सकरात्मक सन्देशलाई उपस्थित मिडियाहरूले प्रचार प्रसार गरिदनको लागि अनुरोध गरे।

डाक्टर भिमराव राम्जी अम्बेडकरको १३२ औं जन्मदिन (अप्रिल १४ तारिख)को अवसरमा सम्पन्न हुन लागिरहेको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन प्लस तथा जि एनएन एचडीबाट हुनेछ भने कार्यक्रमको मिडिया पार्टनरको रुपमा मिडियाबाजी डटकम,कला स्टार युट्युब र बुद्ध शान्त पार्क अनलाइन युट्युब च्यानल रहेको छ।