मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आगामि जेठमा हुने भएको छ । पोखरामा जारी नेपाल क्रिकेट संघको केन्द्रीय समितिको बैकले विभिन्न विवादका कारण क्यानको साधारण सभा जेठमै गर्ने निर्णय पारित गरेको हो ।
यसअघि क्यानको साधारण सभा असोजको १० र ११ गते भएको थियो । त्यो साधारण सभामा बनेको निर्वाचन समितिको चार वर्ष आगमी असोजमा पुग्ने भए पनि विवादका कारण साधारण सभा अघि सारिएको छ । त्यस्तै, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्। गएको पुषमा काठमाडौंमा सञ्चालन भएको नेपाल टी–२० लिगका लागि सेभेन थ्रि स्पोट्ससँगको सम्झौता, खेलाडीको पारीश्रमिक नपाएको साथै स्पट फिक्सिङ भएको कारण प्रतियोगिताको आयोजकको आलोचना भएको थियो ।