शहीद स्मारक कलेजको बत्तीसौँ वार्षिकोत्सव सम्पन्न

  माघ १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । शहीद स्मारक कलेज शहीदका नाममा स्थापना भएको सामुदायिक कलेज हो । यस कलेजले माघ १६ लाई आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएकोे छ । प्रत्येक वर्ष माघ ८ देखि माघ १६ सम्म साप्तिाहिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी शहीद स्मारक कलेजले आफ्नो वार्षिक उत्सव मनाउने गरेको छ । ३२ औं वार्षिक उत्सवको सन्दर्भमा विद्यार्थीहरूले विभिन्न खेलकुद, कला,साहित्य जस्ता विषयमा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रस्तुत गरे । झन्डै १७ सय विद्यार्थी भएको यस कलेजमा विभिन्न सङ्कायको पठनपाठन हुँदै आएको छ ।

विद्यार्थी सङ्ख्या धेरै भएको र भौतिक पूर्वाधार कमी भएकाले सबै कार्यक्रम कलेजभित्र सञ्चालन गर्न नसकेको यथार्थ क्याम्पस प्रमुख मिलनमान महर्जनले उक्त कार्यक्रममा बताए ।¥ देशका ७७ जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको रोजाइ बनेको यस कलेजमा स्थानीय विद्यार्थीहरूलाई प्रोत्साहन गर्न कीर्तिपुर नगर पालिकाले १ घर १ स्नातक कार्यक्रम अन्तर्गत यस वर्षबाट छात्रवृत्ति प्रदान गर्ने जानकारी पनि उनले बताए । साथै विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको र द्यऋब् जस्ता थप प्राविधिक विषयमा पनि अध्ययन अध्यापन हुन थालेपछि कक्षा कोठाको अभाव भएकाले कलेजको अगाडि नयाँ भवनको निर्माण गर्न लागेको उनले बताए ।

यस कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरियो । उक्त कार्यक्रममा कलेजबाट पहिलो पटक प्रकाशन गरिएको विज्ञ समीक्षित जर्नल विमोचन पनि गरियो । यस कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गुणस्तरीय शिक्षाको कामना गर्दै त्तब्ब्को लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कार्यक्रमका विशेष अतिथि कृषि विकास बैंकका सिइओ प्र्रताप सुवेदीले विद्यार्थीहरूलाई उत्प्रेरणात्मक मन्तव्यबाट हर्षित गराए । उनी भन्छन् ,भ¥याङ त केबल छतसम्म पुग्नका लागि मात्र हो आकाशसम्म पुग्नेले बाटो आफै बनाउनु पर्छ । कार्यक्रमका सभाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष शम्भुमान महर्जनले पनि विद्यार्थीलाई हौसला हुने मन्तव्य व्यक्त गरे ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रमको सञ्चालन कलेजका सहायक क्याम्पस प्रमुख सञ्जय ज्ञवालीले गरेका थिए । औपचारिक कार्यक्रम सम्पन्न भएपछि दोेस्रो चरणमा विद्यार्थीहरूले आफ्नो प्र्रतिभा प्र्रस्तुत गरे । यस क्रममा गीत, गजल, मुक्तक, कविताका साथै नृत्य तथा अभिनयमा गरी झन्डै ३० जना भन्दा बढी विद्यार्थी सहभागी भए ।

तपाईंको प्रतिक्रिया

थप खबर