सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने

  पुष १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १७। विगतमा सरकारले दिएको उपदान गोल्डेन हेन्डसेक सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।

सोहीबमोजिम मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय गरेर पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचनाअनुसार उक्त सेवाबाट वञ्चित भएको भन्दै केहीले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएको केन्द्रले जनाएको छ । शिक्षक सम्बद्ध सङ्घ सङ्गठनले पनि छुटेकाहरूलाई सोहीबमोजिम सुविधा दिन मन्त्रालय तथा केन्द्रलाई अनुरोध गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर