मिडियाबाजी डटकम काठमाडौं भाद्र १५। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन्।
बुधबार सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन्।भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बुधबार सोधपुछका लागि बोलाएको थियो।
प्रधानन्यायाधीश राणालाई गत फाल्गुन १ गते सत्तारुढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो। नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो।
गत १ फाल्गुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फाल्गुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ। राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश जबरा सिंहदबार पुगेपछि एकघनण्टा समितिका सभापतिसँग छलफल पछि बयान सुरू भएको छ।